• २०८३ भाद्र २९ गते सोमवार

दाङमा हवाई ईन्धन डिपोको लागि टेण्डर स्वीकृत

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ७, दाङ । दाङमा हवाई इन्धन डिपो स्थापनाकालागि ठेक्का स्वीकृत भइसकेको छ नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलका अनुसार टेण्डर भई ठेक्का स्वीकृत भइसकेको भन्दै छ महिनाभित्र काम पूरा हुने उनले बताए ।

यसैक्रममा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले महाप्रबन्धक पौडेलसंग भेटघाट गरि तोकिएको समयमा गुण्स्तरीय काम गर्न भनेका छन् । डिपो स्थापना भएपछि दाङमा हवाई सेवा सहज र भरपर्दो हुने उनले बताएका छन् ।दाङमा डिपो नहुँदा टरिगाउँ एयरपोर्टमा समस्या हुँदै आएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस