जेठ ९, बाँके । बाँके प्रहरीले प्रहरीलाई हातपात तथा कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–२१ का ३० वर्षीय दुर्गेस ठाकुर छन् ।
प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२१ स्थित पुरैनीमा जग्गासम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति भाग्ने क्रममा लडेर घाइते भएका थिए । घाइते भएका व्याक्तिलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै स्थानीयले प्रहरीमाथि हातपात र कुटपिट गर्दा प्रहरी चौकी तेलियनपुरमा कार्यरत एक प्रहरी जवान घाइते भएका हुन ।
लडेर घाइते भएका स्थानीयको भेरी अस्पताल नेपालगन्जमा सामान्य अवस्थामा उपचार भइरहेको छ भने घाइते प्रहरी जवान नर्सिंङहोम नेपालगन्ज बाँकेमा उपचार पश्चात् डिस्चार्ज भएका छन् ।