जेठ ९, काठमाडौं । आज दिउँसो देशको पूर्वी भू-भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका १/२ स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पहाडि भु-भागमा सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार हाल बंगलादेशको आसपासमा अवस्थित चक्रवात “अंपुन” कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको छ। नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आन्शिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। जसका प्रभावले देशको पूर्वी भू-भागमा सामान्य बदली, मध्य भू-भागमा आन्शिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाले पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको संभावना रहेकोले सतर्कता अपनाउनहुन सबैलाई अनुरोध गरेको छ।