चैत ९, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आ.व. २०७६/०७७ को एघारौँ कार्यपालिका बैठक आइतवार सम्पन्न भएको छ । गाउँपालिका का.वा. अध्यक्ष बागमती क्षेत्रीनीको अध्यक्षतामा एघारौँ कार्यपालिका बैठक सम्पन्न भएको हो ।
एघारौँ कार्यपालि बैठकबाट विश्वव्यापी रुपमा फैलिरहेको नोभेल कोरोना (कोभिड–१९) यस गाउँपालिकामा पनि प्रवेश गर्ने सम्भावनालाई मध्येनजर गर्दै गाउँपालिकाबाट निम्नानुसारका कार्यहरु गर्ने निर्णय गरेको छ जसमा कोरोना नोभेल भाईरस (कोभिड १९) नियन्त्र तथा रोकथामको लागि कार्ययोजना निर्माण, कार्यान्वयन, अनुगमन र मूल्याङ्गन गर्नको लागि निम्न बमोजिमको कार्यदल समिति गठन गरेको छ । जसमा संयोजक बागमति क्षेत्रीनी गा.पा. उपाध्यक्ष, सदस्यहरुमा केशवराज पार्धे प्रमुख प्रशासकीय अधिकृत, केशवलाल कवर वडा अध्यक्ष–१, नेत्र बहादुर गिरी वडा अध्यक्ष–२, गञ्ज बहादुर क्षेत्री वडा अध्यक्ष–४, चन्द्र मरमथानी कार्यपालिका सदस्य, इप्रका सुलिचौर प्रमुख, केशर बहादुर विष्ट वडा सचिव–४ र सदस्य सचिवमा सावित्रा कुमारी थापा स्वास्थ्य सह संयोजक रहनुभएको छ । सो सम्बन्धी कार्य के कसरी गर्ने र अगाडि बढाउने भन्ने विषयमा कार्यदलको वैठकको निर्णयानुसार गर्ने बैठकले निर्णय गरेको छ ।
सुनिलस्मृति गाउँपालिकाको प्रवेशद्धार वडा नं. २ खुंग्रि स्थीत चतुर्भुजमा हेल्थ डेक्स राखि चेक जाँचबाट संकास्पत देखिएका व्यक्तिहरुलाई कम्तिमा १४ दिनसम्म आफ्नो परिवारसँग छुट्टै बस्न अनुरोध गर्ने, सुनिलस्मृति गाउँपालिका भित्र काम वेगर प्रवेश नगरिदिनुहुन अनुरोध गर्ने, गाउँपालिकाबासि अति जरुरी काम बाहेक गाउँपालिका बाहिर नजान अनुरोध गर्ने, अर्को सूचना नभएसम्म भेला, सभा जन्ति विहे, भोज भतेर जस्ता क्रियाकलापहरु नगर्न अनुरोध गर्ने समेत वैठकले निर्णय गरेको छ ।
त्यसैगरी गाउँपालिका भित्ररहेका विद्यालयहरुमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमको लागि शिक्षा शाखाबाट पेश भई आएका कार्यक्रमहरु पारित गरि कार्यान्वयनका लागि शिक्षा विकास इकाई कार्यालय, रोल्पामा पठाउने, घर नक्सा अभिलेखिकरण कार्यविधि–२०७६ गर्ने, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यविधि, २०७५ संशोधन गर्ने, व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि, २०७६ पारित गरी तत्कालै लागु गर्ने निर्णय समेत एघारौँ कार्यपालिका बैठकले गरेको प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।