- सागर थापा
माघ ७, दाङ । देउखुरी सतवरियामा बस दुर्घटना हुदा १२ जना बसमा सवार यात्रु घाइते भएका छन् ।

मंगलवार नेपालगन्ज बाट घाेराही तर्फ आउँदै गरेको ना ७ ख ९४०८ नम्बरकाे बस लमही नगरपालिका वडा नम्बर ८ सतवरिया स्थित बस अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । घाइतेहरूकाे फलाेरेनस् अस्पताल लमही र सिड अस्पतालमा उपचार भइरहेको छ । घाइतेको नाम ठेगाना खुल्न बाकि रहेको प्रहरीले जनाएको छ ।