मंसिर ६, मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको हो ।
प्रहरीका अनुसार आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति भएको छैन । प्रहरी, हेटौँडा उप महानगरपालिकाको दमकल, स्थानीयवासी र उद्योगका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।