मंसिर ६, ललितपुर । शुक्रबार राति ललितपुरबाट विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका दुई कार्यकर्तालाई ललितपुर बागडोलबाट प्रहरी प्रधान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दर्नाल रहेका छन ।
प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी हुन । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।