• २०८३ असोज २७ गते मङ्गलवार

बेलायतमा एकै दिन करिब २३ हजार कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, एजेन्सी । बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सरकारी स्रोतका अनुसार बेलायतमा एकै दिन २२ हजार ९२५ जना कोरोनाका सङ्क्रमित देखिएको हो।

बेलायतका स्वास्थ्य अधिकारीका अनुसार थप सङ्क्रमित सहित बेलायतमा कोरोना सङ्क्रमितहरूको सङख्या १४ लाखभन्दा बढी पुगेको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा यहाँ सङ्क्रमितहरूको सङ्ख्या १४ लाख ५३ हजार ९६७ जना पुगेको जनाइएको हो। बेलायतमा यसरी एकैदिन यति धेरै सङ्क्रमित फेला पर्न थालेको पनि महिना दिनभन्दा पनि बढी भएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

यस्तै बेलायतमा एकै दिनमा ५०१ जना सङ्क्रमितको मृत्यु भएको छ। यो सँगै बेलायतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५३ हजार ७७५ पुगेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस