• २०८३ बैशाख ५ गते शनिवार

नायिका मलाइका अरोडा कोरोनामुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौँ । बलिउड नायिका मलाइका अरोडा कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । सेप्टेम्बर ७ मा नायक अर्जुन कपुर र नायिका मलाइका अरोडामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । यसपछि, उनीहरु होम क्वारेन्टाइनमा रहँदै आएका छन् । मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको बताएकी छिन् । उनले लेखेकी छिन्–‘केही दिनपछि म मेरो कोठा भन्दा बाहिर छु ।

म भाग्यमानी रहेँ, किनकी मलाई यो भाइरसले निकै कम मात्र दुःख दियो । मलाई यो समयमा साथ र हौसला दिने सबैलाई धन्यवाद ।’ उनले, सबैलाई सुरक्षित रहन अपिल समेत गरेकी छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस