असार ०७ मुगु । जिल्ला अदालत कार्यालय मुगुमा लामो समय देखि न्यायाधीश उपस्थित नहुँदा मुद्दा सम्पन्न हुन सकेका छैनन । जिल्ला अदालतमा कार्यरत रहने न्यायाधीश रोमनाथ अधिकारी २०७६ मंसिर महिना देखि जिल्लामा नआएपछि अदालतमा दर्ता भएका ५९ मुद्दा फच्र्यौट हुन सकेका छैनन ।

सरकारी वादी ४ वटा तथा अन्य प्रकारका ५५ मुद्दा अदालतमा दर्ता भए पनि गएको मंसिर महिना देखि देखि सिराहमा काजमा गएका न्यायाधीश रोमनाथ अधिकारी अहिलेसम्म मुगुमा नफर्किएका र सरकारले समेत त्यसको विकल्पमा अन्य न्यायाधीशलाई नपठाए पछि अदालतमा दर्ता भएका मुद्दा सम्पन्न हुन नसकेको जिल्ला अदालत मुगुका कार्यालय प्रमुख निर्मला खड्काले बताईन । जिल्लामा न्यायाधिशको अभाव भएपछि कर्णाली प्रदेशले सुर्खेतमा रहेका न्याधीश प्रल्लादकुमार योगीलाई मुगु अदालत जाने निर्णय गरे पनि उपस्थित नहुँदा जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरु फैसला हुन नसकेको जिल्ला अदालत मुगुले जनाएको छ ।
न्यायाधीशबाट फैसला हुने गरि अदालतमा मुद्दा दर्ता भए पनि विश्वभर फैलिएको नोवेल कोरोना भाईरस अर्थात कोभिट १९ ले विश्वभर आक्रान्त बनाए पछि विभिन्न कार्यमा खटिएका कर्मचारीहरु पुग्न नसक्दा समस्या उत्पन्न भएको छ । जिल्ला अदालत मुगुको समस्यालाई समाधान गर्न सुर्खेत जुम्ला ईजालासले प्रत्येक साताको एक पटक जिल्ला अदालत मुगुमा पुग्नु पर्ने हो तर नपुगेको उनले भनिन , हामिले पटक पटक जानकारी गराएता पनि कुनै किसिमको सुनुवाई नभएको श्रेस्तेदार खड्काको भनाई छ ।