• २०८३ बैशाख १२ गते शनिवार

हल्ला को पछि नलाग्न रक्षा मन्त्रालयको अनुरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं । सामाजिक सञ्जालमा आएको हल्लाको पछि नलाग्न रक्षा मन्त्रालयले अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले आकाशबाट किटनाशक औषधि छर्कने भनी सामाजिक सन्जालमा फैलाइएको हल्ला नितान्त झुट्टा रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

सेनाले यस्ता हल्लाको पछि नलाग्न हार्दिक अनुरोध गरेको छ । यस्तै गरि करिब १ मिनेटको रेकर्ड गरिएको मेसेजले नर्भिक अस्पतालमा कोरोनाको बिरामी देखिएको भन्ने हल्लाको पछि नलाग्न नेपाल प्रहरीले समेत अनुरोेध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस