कात्तिक ४, भक्तपुर । भक्तपुरबाट चोरीका ४ बटा मोटरसाइकल सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले कात्तिक ३ गते बिहानको समयमा मध्यपुर ठिमी नगरपालिका वडा नं.०३ कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडी पार्किङ गरी राखेको बजाज कम्पनिको कालो रंङ्गको लु ६३ प ०७४ नम्बरको एन एस २०० सिसिको मोटरसाईकल हराएको भन्ने सुचनाका आधारमा अनुसन्धान गर्दा उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकल हराएको सुचना प्राप्त हुनासाथ महाननगरीय प्रहरी वृत ठिमी र अपराध महाशाखा पिसिसिबीको संयुक्त टोली परिचालन गरी घटनास्थलमा सुक्ष्म अनुसन्धान गर्दा चोरी भएको ठाँउमा नजिकै शंकास्पद ब्यक्ति आई फोनको रिचार्ज गरेको र सोहि समयमा नै मोटरसाईकल हराएको भन्ने यकिन हुनासाथ उक्त स्थानमा फेला परेको रिचार्ज कार्डलाई आधार मानि ूआपरेसन रिचार्ज कार्डू नामबाट अनुसन्धान शुरु गरिएको । उक्त रिचार्ज कार्ड प्रयोग भएको फोन नम्बरलाई आधार बनाई अनुसन्धान गर्दै गर्दा सोहि दिन पुनः दिउसोको समयमा मध्यपुर ठिमी नगरपालिका वडा नं.०२ मगरगाउँ स्थित साजन न्यौपानेको घर अगाडी पार्किङ गरी राखेको प्रदेश ३-०२-००३ प ३८३५ नम्बरको एस एस २०० सिसि बजाज कम्पनिको सेतो रंङ्गको पल्सर मोटरसाईकल समेत चोरी भएको भनि प्रहरीमा सुचना प्राप्त हुन साथ दुबै चोरीको घटनालाई समानान्तर अनुसन्धान गर्दै जाने क्रममा मध्यपुर ठिमी नगरपालिका वडा न। ०८ बोडेमा रहेको बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्टको अगाडि सडकमा लु ६३ प ७०७४ नम्बरको २२० सिसिको एनएसपल्सर मोटरसाईकल नम्वर परिवर्तन गरेको अवस्थामा परिवर्तित नम्बर प्रदेश ३-०२-०१७ प ६१६७ नं को प्लेट जडान गरिएको अवस्थामा फेला परेको थियो ।

चोरी गर्ने ब्यक्तिको निगरानी गरिरहेको अबस्थामा प्रदेश ३-०३-०१० प १५६७ नम्बरको २२० सिसिको रातो कालो रंगको पल्सर मोटरसाईकल सहित रामेछाप ठोसे गा.बि.स.वडा नं.०३ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा न। ०८ बोडे बस्ने बर्ष १८ को अरुण तामाङ आई उक्त मोटरसाईकल पार्किङ गरी भाग्दै गर्दा करिव २०० मिटर टाढाबाट उनलाई पक्राउ गरिएको हो । उनिसंगको प्रारम्भिक अनुसन्धानको आधारमा दोलखा भिमेश्वर नगरपालिका वडा नं.०४ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा न। ०८ बोडे बस्ने बर्ष २२ को महेश तामाङलाई उनको कोठाबाट पक्राउ गरिएको हो ।
महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका वडा नं.०७ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी नगरपालिका वडा नं.०९ मुलपानी बस्ने बर्ष २९ को मनोज लामालाई मुलपानीबाट प्रदेश ३-०२-०१८ प ४७४१ नम्बरको २२० सिसिको निलो पल्सर मोटरसाईकल सहित पक्रउ गरिएको हो । तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा प्रदेश ३-०२-००३ प ३८३५ नम्बरको २२० सिसिको पल्सर एनएस मोटरसाईकल (सेतो रंङ्गको) मध्यपुर ठिमी नगरपालिका वडा न. ०५ कमेरोटारबाट बरामद गरिएको थियो ।
उनिहरुको सम्बन्धमा थप अरु ब्यक्तिहरूको संग्लग्नता लगायतका बिषयमा प्रहरीले थप अनुसन्धान गरिराखेको छ ।