कार्तिक ४ , काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले डा. बाबुराम भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गरेको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण हुँदा भएको समझदारी अनुसार भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गरिएको जसपा नेताहरुले बताएका छन् ।

सोमबार र मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बसेको थियो । सोही बैठकले भट्टराईलाई अध्यक्ष बनाउन सर्वसम्मत निर्णय भएको हो ।
