रातो झण्डामा पनि हरिया मान्छे अटाए पछि,
कसरी भनौ कम्युनिष्ट गरिब लाई ठटाए पछि।
चाहिन्न बिधी र बिधान नाम कम्रेड राखे पुग्यो,
कटर कम्युनिष्ट भन्छन उनी ठेली कटाए पछि।
न बर्ग शंघर्ष न क्रान्ति मात्र मन्त्रि बन्ने चाहाना,
सरकार बन्छ साम्राज्यावादी घाटि सटाए पछि।
सुख सुबिधा र धन दौलतको के कमी उनलाई,
कटपुत्लि नाच नाच्दै साम्राज्यावद पटाए पछि।
क्रान्तिकारी आवरण भित्र पनि पुँजिकैछ खेल,
सिखर चुमे आफु जस्तै लाई धुलो चटाए पछि।
भन्छन उनैले समाजवाद आयो देश भित्र अब,
आफ्नो पुष्तौँ सम्मको समस्याहरु घटाए पछि।
कसरी भन्ने सर्वहारा,बाटो पुँजिवाद को छोप्दा,
बुझिन्छ उन्को सिन्धान र ब्यबहार रटाए पछि।
हो सेतेले चिच्चाई चिच्चाई भन्छ देश बिदेश मा,
कम्युनिष्ट नै रहेनन् यिनि बर्ग शंघर्ष हटाए पछि।



