• २०८३ जेष्ठ ३० गते शनिवार

कोरोनाबाट विदेशमा २४४ नेपालीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।


एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ देशमा कार्यरत २४४ नेपालीले अहिलेसम्म कोरोनाको कारण मृत्यु भएका हुन् । कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस