• २०८३ बैशाख १९ गते शनिवार

बलात्कार आरोपका गाउँपालिकाका अधिकृत पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४ , कैलाली। कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई बलात्कार आरोपमा पक्राउ गरेको हो ।

एक महिला कर्मचारीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दर्ता भएपछि शनिवार उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि जबरजस्ती करणीमा मुद्दासमेत दर्ता भएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस