• २०८३ भाद्र ६ गते शनिवार

कोरोनाबाट नेपाली सेनामा कार्यरत एकको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४ , काठमाडौँ । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृ’त्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृ’त्यु हो ।

लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका जनाएको छ । पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । उनले भने, ‘उपचारकै क्रममा उनको मृ’त्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।’

यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृ’त्यु भएको थिएन । हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको पौडेलले बताए । जसमा १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने ४०१ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस