आमा बाउलाई मायाँ एक छिन नगरे कोई,
जुनि जुनि हुन्छ मायाँ एक दिन नगरे कोई।
रिणी हुँदैन कोई मात्र सम्मानको आश हुँदा,
बुढेशकालमा आमा बासँग घिन नगरे कोई।
क्षाण मुहार हेर्नु भन्दा त बरु हेर्दैनहेरे हुन्छ,
आउँन्न कुनै जनम कत्ति एकिन नगरे कोई।
चाहिदैन देखावटी र पाखन्डि काउलो पनि,
बृद्धालाई मिठो बचन साँचो बिन नगरे कोई।
जिउँदा लाई दुश्मन जस्तै देख्ने औलादहरु,
मृत्यु पछि दानको देखावटि सिन नगरे कोई।
आमा बाले लगाए सारा जिवन तिम्रो लागि,
दुनियाँको सामुँ यो क्षाणिक रिन नगरे कोई।