• २०८३ बैशाख २७ गते आइतवार

मोतिराज खनालको “के जमना आयो” नामक तिज गीतको म्युजिक भिडियो सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ५, काठमाडौं । नजिकै आइरहेको हरितालीका तिजको अवसर पारेर तिज गित बजारमा आउने क्रम जारी छ । यसै सिलसिलामा एप्पल मिडिया एण्ड एड्भरटाइजिङ्गले नयाँ तीजको गित बजारमा ल्याएको छ ।

आज काठमाडौंमा एक कार्यक्रमका बिच के जमना आयो नामक तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्र गीतका सर्जक मोतिराज खनालको शव्द तथा संगित रहेको मौलिक तिज गीतको म्युजिक भिडियो संवाद क्लव नेपालको सभाकक्षमा बिमोचन भएको हो । यो गितलाई एप्पल मिडियाले बजारमा ल्याएको छ । मौलिक लोक लयमा आधारित यस तिज गितमा गायक मोतिराज खनाल र गायिका कमला पोखरेलको आवाज रहेको छ ।

मदन खड्काको निर्देशनमा तयार भएको के जमाना आयो गीतको भिडियोलाई बिरेन्द्र भट्टले छायांकन गर्नु भएको हो । त्यस्तै, चर्चित कमेडियन कलाकार शेखर खनाल ९भुईकटर ० र अंशु महर्जन ९हात्ति०को दमदार अभिनय रहेको छ । अनिल रानाले कभर डिजाइन गर्नु भएको हो । एप्पल मिडियाको आधिकारिक युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय परम्परा अनुसार मौलिक गीत ओझेलमा पर्दै गएपछि विगतका झल्को मेटाउनको लागि यस गीत बजारमा ल्याएको गायक मोतिराज खनालले बताउनु भयो । गायक खनालले यस अघि पनि थुप्रै गित बजारमा ल्याउनु भएको छ । गत बर्षको सधै तमासा गितले राम्रो बजार पाउन सफल भएको थियो । यस पालि पनि यस गितले राम्रो चर्चा पाउने आशा खनालको रहेको छ ।

यस गितको बिमोचन पूर्व सिडियो बिष्णु बहादुर थापाले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व एप्पल मिडियाका अध्यक्ष तथा बरिष्ठ पत्रकार एवंम यस म्युजिक भिडियोका निर्माता तथा परिकल्पनाकार श्रीधर खनालले गर्नु भएको थियो । कार्यक्रको संचालन शेखर खनालले गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस