श्रावण ५, ललितपुर । ललितपुर स्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद जैसी र सव(इन्जिनियर किशोर कुमार मोक्तान रु. १,५०,०००।– घुस रकमसहित रङ्गेहात पक्राउ गरेका छन ।
ललितपुर गोदावरी न.पा. ११, बज्रबाराही स्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसी र सव-इन्जिनियर मोक्तानले निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनीहरुलाई १,५०,००० रकम सहित पक्राउ गरेको हो । उनिहरुले घुस बापतको रकम लिएको अवस्थामा उनीहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।