• २०८३ जेष्ठ २३ गते शनिवार

प्रतिनिधिसभा बैठक : शिक्षासहित चार मन्त्रालयको बजेटमाथि छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बुधबारको बैठकमा पनि विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहनेछ ।

बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस