• २०८३ बैशाख ८ गते मङ्गलवार

बाजुरामा ५८ जना क्वारेन्टाइनमा, हिमाली गाउपालिकामा बिपद ब्यबस्थापन समितीको बैठक सम्पन्न

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : २ मिनेट

जेठ ७, बाजुरा । बाजुरा जिल्लाका ९ स्थानिय तह गरी ५८ जना क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभएको छ । मंगलबार सम्म जिल्लाका ९ स्थानिय तह गरी २० जनाको आरडिटी परीक्षण गरीएको बरिष्ट जनस्वास्थ्य अधिकृत पन्तले बताउनुभयो ।

उहाँका अनुसार मंगलवार गरीएको आरडिटी परीक्षणमा २० जनाकै रिपोर्ट कोरोना नभएको आएपछि २० जनालाई नै बुधबार घर पठाइएको बताउनुभयो । मंगलबार नै कोरोना भाईरस संग मिल्दो जुल्दो लक्षण देखीएपछि हिमाली गाउपालिकाका एक जनालाई कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रको आईसोलेशनमा राखीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य निरीक्षक अशोक सिंहले बताउनुभयो । आइस्योलेशनमा रहेका ५ जनाको पनी पिसीआर रिपोर्ट नेगेटीभ अर्थात कोरोना नभएको आएपछि आज घर पठाएको बरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभएको छ ।

हिमाली गाउपालिकामा बिपद ब्यबस्थापन समितीको बैठक
हिमाली गाउपालिकाको कोभिड १९ बिपद ब्यबस्थापन समितीको बैठक बसेको छ । बैठकबाट कोरोना भाइरस कोभिड १९ रोकथामको लागी गरीएको लकडाउनलाई थप कडाईका साथ पालना गर्ने निर्णय गरेको छ । हिमाली गाउपालिका भित्र आउने जाने नाकामा थप कडाई गरीएको गाउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनु भएको छ ।

नाकाबाट कसैलाई पनि आवत जावतमा थप कडाई गरीने अध्यक्ष मल्लले बताउनुभयो । उहाँका अनुसार सरकारले घोषणा गरेको बन्दाबन्दी अर्थात लकडाउनलाई गाउपालिका बासी सम्पूर्णले पालना गरे मात्र कोरोनालाई प्रस्त गर्न सकिने बताउनुभयो । गाउपालिकामा बाहीरबाट आउनेको संख्यामा बृद्धि भएमा थप क्वारेन्टाइनको ब्यवस्था गरीने भएको छ । गाउपालिकामा पहिला नै स्थापना भईसकेका क्वारेन्टाईनको थप ब्यबस्थापन गर्ने र आवस्यक परे थप क्वारेन्टाईनको ब्यवस्थापन गरीने भएको छ । गाउपालिकामा आजै क्वारेन्टाइन अबधि पुरा गरेका ७ जनाको कोरोना परीक्षण गरीएको छ । आज परीक्षण गरीएका सातै जनामा कसैको एन्टीबडी देखीएको छैन । आज प्ररीक्षण गरीएका सात जनामा कोरोना नभएको रिपोर्ट आएपछि आज नै सातै जनालाई घर पठाइएको गाउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले जानकारी दिनुभएको छ ।

अव गाउपालिकाका बिभिन्न क्वारेन्टाइनमा जम्मा १७ जना नै घर पठाएपछि अब गाउपालिकाको क्वारेन्टाईनमा एक पनि नभएको बताइएको छ । गाउपालिकामा अहलेसम्म पाँच-छ ओटा मात्रै किट बाँकी रहेको बताउनुभयो । लुकीछिपि समेत गाउमा नआएको र कसैले त्यस्तो थाहा पाएमा कति जना संग भेट भयो सबैलाई क्वारेन्टाईनमा राखीने अध्यक्ष मल्लले बताउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस