फाल्गुन ०८,रोल्पा । थवाङ गाउँपालिका वडा नं २ ले उपभोक्ता समितिहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रमको बुधवार समापन गरिएको छ ।
थवाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बसन्त रोकाको अध्यक्षता सन्चालन भएको अभिमुखिकरण कार्यक्रममा थवाङ गाउँपालिका वडा नं. २ मा गठन भएका १८ वटा उपभोक्ता समितीका करिव ५० जना पदाधिकारीहरु सहभागी रहेका थिए ।

वडा नं २ मा आर्थिक वर्ष २०७६/०७७ मा सन्चालन हुने योजनाहरुलाई प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न सहजहोस भनेर वडाले अभिमुखिकरण कार्यक्रम आयोजन गरेको , उपभोक्ता समिती गठन मात्र गर्ने र योजनाहरु अगाडी बढाउदा यस सम्बन्धी ज्ञानको कमीले गर्दा धेरै समस्या आउने गरेकोमा त्यो समस्याहरु नआउनदिनको लागी अभिमुखिकरण कार्यक्रमले गर्दा काम गर्न सहज हुनेमा विश्वस्त रहेको वडा अध्यक्ष रोकाले बताउनु भयो ।
अभिमुखिकरण कार्यक्रममा योजनाहरुलाई समयमा प्रभावकारी र उपभोक्ता समितिको काम कर्तव्य लगायतको बारेमा प्रशिक्षण दिएको छ । उपभोक्ता समितिले काम गर्दा काम गर्ने प्रक्रिया, कागजी प्रक्रिया, योजनाहरुको अनुगमनको प्रक्रिया लगायतको बारेमा उपभोक्ता समितिहरुलाई प्रशिक्षण दिएको छ ।
सहभागीहरुलाई गाउँपालिकाका इन्जिनियर मिना योगी, भण्डार तथा योजना शाखा प्रमुख अधिकार बुढा, सव इन्जिनियर दिपेन्द्र बाँठा मगर र वडा नं २ का वडा सचिव चोलाकान्त पाण्डेले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको सन्चालन वडा नं. २ का वडा सचिव चोलाकान्त पाण्डेले गर्नुभएको थियो ।