• २०८३ जेष्ठ २० गते बुधवार

रौतहटमा आगलागी हुदा करिब ८ लाखको क्षति

पढ्न लाग्ने समय : १ मिनेट

 माघ, ६ रौतहट । रौतहटको पोठियाहीमा आगलागी हुदा करिब ८ लाखको क्षति भएको छ ।

आइतबार राति गरुडा नगरपालिका-६ पोठियाही बस्ने रामजनम राय यादव र मेहिलाल राय यादवको गोठ जलेर करिब ७ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको छ ।

रामजनम राय यादवको गोठमा लागेको आगो मेहिलालको गोठमा समेत फैलिएपछि दुबै जनाको गोठ जलेर क्षति भएको प्रहरीले जनाएको छ ।स्थानीबासिन्दाको सहयोगमा आगलागी नियन्त्रaणमा लिएको छ भने आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस