• २०८३ भाद्र १ गते सोमवार

सम्झौताले शासक पनि बनाउछ शोसित पनि बनाउछ

पढ्न लाग्ने समय : ५ मिनेट
  • बालकृष्ण ढकाल

सम्झौता यस्तो शब्द हो जसमा गहिरो अर्थ लुकेको छ।जुन शब्दले सिङो मानबको सामाजिक बिकास र् आजसम्मको परिबर्तन को अनपाम्मे भेद अड्काएर राखेको पाइन्छ।संसारमा भयको जतिपनी परिबर्तन र बिकास संग संगै अभिघात र अनरित द्वन्द हरुको मुल जड पनि सम्झौता नै हो भनी ठोकुवा गर्न सकिन्छ।हुनत आजको वैज्ञानिक युग सम्म आइपुग्न सामाजिक सम्झौताको अतुलनिय भुमिका रहेको स्पस्ट देखिन्छ।

शुरुमा मनुष्य प्राकृतिक अबस्थामै थिय।त्यस अबस्थामा न त समाजनै थियो न त राज्य नै।त्यस भित्र कुनै संगठन को त प्रश्नै उठ्दैन थियो।प्राकृतिक अबस्थामा मानिस अत्यन्तै क्रुर र स्वार्थी थियो।स्वार्थ को भाबनाले सम्पुर्ण काम हुन्थ्यो ।न्याय अन्याय भन्ने कुरै थियन।मुख्य उदेश्य आत्मरक्षा नै थियो।यसको प्राप्तिको लागि मानिस जे गर्न पनि तयार हुन्थ्यो।कुनै यस्तो शक्ति थियन जसले यो संघर्सलाइ रोक्न सकोस।प्रत्येक लाई प्रत्येक सङ्ग डर थियो।त्यस समयमा “प्रत्यक मनुष्य को त्यही चिज आफ्नो हुन्थ्यो जुन उ प्राप्त गर्न सक्छ र जब सम्म आफू सङ्ग राख्न सक्छ”। शक्ति नै भक्ती हो भन्ने नियम थियो। हब्स को भनाइमा ” जब मानिस लाई शासन गर्ने कुनै सर्बोच्च सत्ता थियन उनिहरु युद्धको अबस्थामा रहन्थे र सो युद्ध प्रत्यक को प्रत्यक विरुद्ध थियो”। त्यस्तो अबस्थामा उधोग र उत्पादन को लागि ठाउ थियन किन भने फल पाउने पक्का थियन,कुनै कुराको ज्ञान् थियन,आयात गर्ने सामान थियन र सबभन्दा डर लाग्दो कुरा के थियो भने सधैं त्रास को भावना र मृत्यु को डर रहन्थ्यो।जसलाइ मार्न सक्छौ मार र लिन सक्छौ लिउ भन्ने भाबना प्रचलित थियो अर्को शब्दमा तरबारको कानुनले मात्र शासन गर्न सकिने अबस्था थियो।

मनुष्य शान्ती चाहन्थ्यो तर अन्य ब्याक्तीको डर अनि आफू सङ्ग भयको चिज कायम राख्न र अरु प्राप्त गर्ने इच्छा ले गर्दा सधै अर्का सङ्ग झगडा हुन सक्थ्यो।सहयोग बाटनै आफ्नो इच्छा पूरा हुन्छ भन्ने ज्ञान् भयता पनि मनुष्य लाचार थियो।जुन प्राकृतिक अबस्थामा 1.ठिक र बेठिक मा फरक थिएन 2.न्याय र अन्यायमा फरक थियन 3.मनुष्य माथी कुनै शक्तिको नियन्त्रण थिएन 4.ब्याक्तिगत सम्पत्ति भन्ने कुरै थियन 5.शक्ति र छलकपटमा मात्रै ब्यस्त थिय।
यति हुदाहुदै को पछाडी मानिस शान्तिको चाहना राख्दथ्यो।बिस्तारमा मानिस लाई युद्ध भन्दा शान्तिको आबस्यकता बढ्दै गयको महसुस हुन थाल्यो।शान्ती प्राप्तिका लागि मनुष्य को जोश नियन्त्रण गर्नु आबस्यक थियो।त्यो कार्य शक्ति बाट मात्र सम्भब थियो।

अब मानिसमा लेनदेनको सस्कार बाट आत्म सुरक्षा हुन सक्छ भन्ने सोचको बिकास हुदैगयो तत पश्चात् सामाजिक सम्झौता भन्ने शुत्रको शुत्रपात गर्नु पर्ने आबस्यकता देखियो।मानव जिबनको आत्मरक्ष रभोलिको जिवनयापनको सहजताको निम्ति सम्झौता भन्ने शब्दको यति आबस्यकता देखियो कि जडबिज्ञानको जडशुत्र नै सम्झौताबाद हो भन्दा पनि अनुपयुक्त नहोला।

अब कुरा आयो सम्झौताले कस्तो किसिमको शासन र शक्ति दिलाउछ भन्ने कुरा।प्रो.जोन्सको भनाइ अनुसार कुनै निश्चिति नियम पालना गरेमा मात्र मनुस्य शान्ती जीवन बिताउन सक्दछ तर मनुस्य आफै त्यसो गर्न सक्दैन त्यसकारन उसलाइ शक्तिशाली सम्प्रभुको आबस्यकता पर्दछ जसले यो कानुन लाइ लागू गर्न सकोस।

“खाली शब्द मात्र पर्याप्त हुदैन शब्दको पछाडी शक्ति पनि हुनुपर्दछ।” सम्झौता त्याहानेर हुन्छ जहाँ ब्याक्ती हरु प्राकृतिक अधिकार प्रयोग गर्ने अधिकार अरुलाइ पनि दिन्छन।अब कुरो आउछकी अधिकार प्रदान गरेर मात्र पुग्दैन जस्लाइ शक्तिले नियन्त्रण गर्नु पर्दछ।त्यसकारण त्यसबेलाको अबस्थामा प्राकृतिक एकाधिकार समाप्त गर्न सम्झौता भन्ने शब्द छिन्नसंश्यय भयर आयको पाइन्छ।

केही बिश्लेसकहरुको भनाइ यस्तो पनि रहेको देखिन्छ कि सम्झौता बाट मनुस्य आफ्नो जीवन एक दासको रुपमा परिवर्तन गराउन बाध्य भयका छन।आफ्नो स्वतन्त्रता गुमाएर खाली सिक्री मात्र प्राप्त गर्दै छन।एक पटक सम्झौता गरेपछी सदाको लागि आफ्नो शासन जनता रोज्दछन तर त्यो शसन निरंकुश हुन पनि सक्दछ।सम्झौता भन्ने चिजले लामो समय एकाधिकार जमाउन सक्छ तर बिचमा आइपर्ने मानबिय समस्या सुल्झाउन तेहि सम्झौता भन्ने शब्द समाज र राज्य को लागि घाडाे साबित हुन पनि सक्दछ।परिवर्तनको नाममा सम्झौताहरु हुँदै जान्छन तब त्यही सम्झौताको जगमा टेकेर शासकहरु निरंकुश बन्दै जान्छन।तसर्थ यसो पनि भन्न सकिन्छ कि सम्झौताले शोषित पनि बनाउन भुमिका खेलेको हुन्छ।समग्रमा हामिले यो पनि बुझ्नु पर्दछ कि सम्प्रभु सम्झौता द्वारा नै बनाइएको हो यो प्राकृतिक होइन।सम्झौताले गर्दानै सम्प्रभु सर्बोच्च भयको हो।सम्प्रभुको संरचनाले गर्दा नै प्राकृतिक आस्था र सभ्य राकनितिक जिबनमा फरक देखा पर्दछ।समाज सम्झौताको नतिजा हो ।सम्झौता भन्दा अगाडि समाज र राज्य कदापी थियन।सम्प्रभु सम्झौताको सदस्य हुनै सक्दैना तसर्थ कहिल्यै उसले सम्झौताको उल्लंघन गर्दैन।सम्झौता अनुसार गरे न्याय हुन्छ सम्झौता बिरुद्ध गरे अन्याय हुन्छ।तर सम्प्रभु कहिल्यै पनि अन्याय गर्न सक्दैन ,सम्प्रभु सम्झौताको नतिजा भयपनी सम्झौता भन्दा माथी हुन्छ।एक पटक सम्झौता गरेपछी सधैका लागि कायम रहन्छ र पुन:सम्झौता गर्न सकिदैन यदि अन्य सम्झौता गर्न खोजे कानुनको उल्लंघन हुन सक्दछ।देशमा आन्दोलन हुन सक्छ तर यसले सम्प्रभु लाई असर गर्दैन । जुन आन्दोलन कहिल्यै कानुनी हुन सक्दैन।

बहुसंख्यकले गरेको सम्झौता भएकोले अल्पसंख्यकहरु पनि त्यसद्वारा शासित हुन्छन र उनिहरुले कहिल्यै बिरोध गर्न सक्दैनन् ।नमानेको खण्डमा उनिहरुलाइनै समाप्त पारिदिन पनि सक्ने स्थिति आउनसक्छ।राज्यमा बस्नखोजे पनि मौन रुपमा स्वीकार गरेको मानिन्छ।बहुसंख्यकको बिरुद्ध आन्दोलन गर्ने अधिकार अल्पसंख्यक लाई हुदैन ।

अब प्रसङ्ग आउँछ राज्य हरुबिच गरिने विभिन्न खाले सम्झौताहरुको प्रारुप कस्ता कस्ता हुन सक्छन भन्ने कुरा। सम्झौता त्यसमा हुन्छ जहाँ जटिल समस्याहरुको समाधान को शुत्र खोज्न गरिन्छ।सम्झौता सन्तुलित हुनु पर्दछ जहाँ न्यायको तराजु ढलपल हुन नसकोस।जसमा एक शक्तिले अर्को शक्तिमाथी अनावश्यक अधिकार जमाउन नसकोस।कुनै पनि शक्तिले दोश्रो शक्तिको सार्बभौम अधिकार र सम्प्रभुता माथी कदापी धावा बोल्न नसकोस र उसको अधिकारमा अङ्कुस लगाउन नसकोस।संसारमा भएका हरेक राज्य र राज्यहरु बिच अनगिन्ती सम्झौताहरु भएका छन तेस्ता सम्झौता हरुले शासक हरुमा केही हदसम्म शक्तिशाली बनाएको पनि देखिन्छ भने समयको दौडानमा आफ्नो सार्बभौमसत्ता नै गुमाएर उल्टइ शोशित बन्न पुगेका अनगिन्ती उदाहरणरहरु पनि भेटिन्छन।सम्झौता तत्कालिन सानो स्वार्थको लागि गरिन्छ भने त्यसले अन्तत अत्यन्तै नकरात्मक असर देखाउन पनि सक्दछ।सम्झौता गर्दाका हस्तिहरु लेनादेनाको हिसाबमा माहिर हुनु अत्यन्त आबस्यक हुन्छ किन कि सानो कम्जोरी गरियो भने त्यसले दीर्घ कालिन समस्या उत्पन्न गराउदछ।

शासकले नालायक सम्झौताहरु जबर्जस्त गर्न बाध्य पारे भने राष्ट्रियता ,राष्ट्रिय अखण्डतामा ,राष्ट्रिय सार्बभौमसत्ता र जनाधिकार मा समेत ठुलो आछ आउन सक्दछ।शासक जननिर्वाचित भयपनी देश र जनहित बिपरित का सम्झौताहरु गर्न बाध्य पारिने परिस्थिति पनि संसारमा नदेखिएका होइनन।जननिर्वाचितहरुका मझेरिमा प्रस्तावित घातक बिधेयकहरु विभिन्न लोभ र लालचको स्वाद चखाएर जबर्जस्त पारित गराइएका अनगिन्ती उदाहरणहरु हाम्रा अँखा अगाडि नभएका होइनन। संसद र संविधानको आडमा मात्रै गर्न नहुने सम्झौताहरु पनि धेरै हुन्छन।जसमा राज्य भित्र रहेका विभिन्न बौद्धिक कुद्रती हरुको सुझाव र सल्लाह अत्यन्त महत्त्वपूर्ण मानिन्छ।सत्ताको संवाद चाख्न नभ्याएका बौद्धिक हरुको तर्क र सुझाब त्यस्ता सम्झौताहरुमा अन्वितार्थ हुन सक्छ।

Sharing

प्रतिक्रिया दिनुहोस