• २०८३ जेष्ठ ७ गते बिहिवार

बजेट अभावका कारण मुगुका जनता आवास घर छापिएनन, चुहिने छानोमा दिन काट्दै स्थानीय

गरिब माथि झन गरिब बनायो जनता आवासले
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

पुस ०४ मुगु । हिमाली जिल्ला मुगुका जनता आवासका घर बजेट अभावका कारण हाल सम्म पनि छापिन सकेका छैनन । नेपाल सरकारले बिगत केही बर्ष देखी गरिव बिपन्न दतिल बस्तिहरुलाई अनुदानमा दिदै आएको जनता आवास कार्याक्रम अन्तरर्गत मुगु जिल्लामा सन्चालनमा आएका जनता आवास घर बजेट नहुदा अलपत्र परेका हुन ।


करिब ९० प्रतिशत घर निर्माण भईसक्दा पनि सरकारले समयमै नदिदा यहाका जनता आवासका घर अलपत्र अवस्थामा रहेको स्थानीयले बताएका छन् । समयमै रकम नपठाउदा यहाका करिब ३ सय ५० दलित घर परिवारका छानो हाल्न पनि पाएका छैनन । पछिल्लो समय मुगुमा चिसो बढ्दै गएकाले छानो छाप्न नपाउदा चुहिने छानोमै दिन रात काट्न यहाका दलित परिवार बाध्य भएका छन् । विगतमा दिनहरुमा सरकारदे अनुदान बाट घर निर्माण गरिदिन्थ्यो अब हाम्रा चुहिने छानामा बस्ने दिन हटे भनेर खुसि थियो , तर भनेकै दिन , समयमा सरकाले प्राबिधिक नपठाउदा घर निर्माणमा पुर्ण विराम लागेको यहाका दलितहरुको गुनासो रहेको छ ।


कसैले पूरै घर लगाएका छन भने कसैले आधा लगाएका छन । जनता आवास घर पाएको करिब ३ बर्ष बिति सक्यो हाल सम्म पाउनु पर्ने अन्तीम किस्ता पाएका पनि पाएका छैनन । यो जनता आवास घरको कार्यक्रम बाट उल्टै गरिव लाई गरिव बनाउने विकल्प बाहेक र थप ऋण लाग्नु मात्र अरु केही रहेन ।

बजार बाट साहुको जस्ता ,सिमेन्ट,सरीया ल्याएका छौ एक तर्फ साहुले रकम मागेर हैरान हैरान पारी सके यता भने सरकार रकम नदिएर कट्टा गर्न लाग्यो । पहिला किस्तामा १ लाख ५० हजार भन्दा बढी रकम दिएको थियो । अब त्यो पनि सकियो । जुन रकम दिएको थियो त्यो मिस्त्री ज्याला ,ढुङ्गा,काठ, ढुवानिका गर्दे अझै ज्यादा रकम गोजि बाट झिकेर सकियो । यो घर दिनु भन्दा नदिनु बेस् हामि गरिब त्यसैमा पनि दलित लाई झन गरिब बनाउने काम बाहेक नरहेको छायानाथ रारा नगरपालिका वडा नं १३ रुगा गाउँका ७५ वर्षिय वृद्ध लालसिंह लावडले जानकारी दिए ।

उनी मात्र होईनन् उस्तै कथा सोरु गाँउका कर्मा लावडको पनि रहेको छ । जनता आवास कार्याक्रमको घर सरकारी अनुदानको पाउदा निकै खुसी भयौ तर हिजा आज निकै दुख भएको बताउन्छन किन भर्ने अन्तीक क्रिता रकम पाएका छैनन् ।

समयमा प्राबिधी नआउदा घर पहिला एक तलाको लागउर्ने सल्लाह पाईयो र जस्ता सहित छानो लगाईयो पछि एक पटक प्राबिधी आएर २ तल्लाको हो पुर्न लगाउनु पयो भर्ने जस्ता निकाल्दा सबै प्याल परे ,त्यो पनि घाटा भयो । यस्तै दुख यी २ जनामा मात्र होईन मुगु जिल्ला भरी जनता आवार घर पाएका ३ सय ५० जनाको दुख रहेको छ ।

आ.व ०७५।०७६ साल बाट मुगु जिल्लामा सन्चालन गरीएको जनता आवास कार्याक्रम अन्तरगर्त मुगु जिल्लामा ३ सय ५० घर धुरीले यो कार्यात्रलम पाएका हुँन । त्यति खेराको मुगु जिल्लाको लागी चाहीने जनता आवास कार्याक्रमको लागी कुल बजेट ९ करोड स्टामेट डिजाएनको बजेट भए पति नेपाल सरिकार बाट ३ करोड मात्र बजेट बिनीयोजित भएको बाँकी ६ करोड अपुग भए पछि जनता आवार लाभानिध बर्गले दुख भोग्नु परेको हो । यसको बारेमा पटक पटक थप माग रकमको लागी जिल्ला बाट सबै प्रक्रिया मिलाएर प्रदेश सरकार र सरोकारवाला निकाय सबैमा पठाई सकेको छ अन्य जिल्लामा रकम आएर भुक्तानि भैसकेको र मुगु जिल्लामा रकम आएको छैन ।

यो आवमा मात्र ३५लाख आएको छ यो रकम कसरी बितरण गर्ने भन्ने सोचमा रहेका छौं । जिल्ला भरी ८० प्रतिशत घर निमार्ण भैसकेका छन । रकम अभावले जनता आवास घर हिजो आज अलपत्र परेको पूर्वाधार बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख मोहोनसिंह कार्कीले बताएका छन ।

यो जनता आवास कार्यक्रम बाट एक घरको बजेट ३ लाख ३२ हजार भए पनि स्थानिय दलित गर्वका मानिसहरुले २ किस्ता गरी १लाख ५० हजार भन्दा बढी रकम भुक्त्तानि पाएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस