• २०८३ जेष्ठ २८ गते बिहिवार

मास्क नलगाउनेलाई दुई हजार जरीवाना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, दिल्ली । भारतको दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरीवाना गरिने बताएको छ ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोनाको नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताए । सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना संक्रमणमा ठूलो कमी आउन सक्ने उनको भनाइ छ । केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गरे । उनले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाएका थिए । केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार भएको जानकारी दिए ।

बुधबार मात्र दिल्लीमा सात हजार ४८६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै दिल्लीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ । त्यस्तै बुधबार मात्र दिल्लीमा कोरोनाबाट १३१ जनाको मृत्यु भएको थियो । दिल्लीमा एकैदिन कोरोनाबाट मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

Sharing

प्रतिक्रिया दिनुहोस