रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्रिवेणी संगठन कमिटीले भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको नाम जोडेर प्रकाशित समाचार अतिरन्जित, कपोलकल्पित र भ्रामक भएको नेकपा त्रिवेणी गाउँ संगठन कमिटी अध्यक्ष निमप्रसाद रोकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सञ्चार माध्यममा आएको समाचार तथ्यपरक छ भने गाउँपालिका र गाउँपालिका अध्यक्षलाई कानुनी रुपमा कारवाहीको भागेदार हुनुपर्छ। तर, अन्यथा व्यक्तिको चरित्र हत्या गर्ने भ्रामक समाचार प्रकाशन गर्ने र समाचारको स्रोत दिने जो कोही व्यक्तिलाई कानुनी कारवाही गर्न सम्बन्धित निकायसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्रिवेणी गाउँपालिका संगठन कमिटी जोडदार माग गर्दछु- रोकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
