• २०८३ जेष्ठ १९ गते मङ्गलवार

सरकारद्वारा पत्रकार एवं साहित्यकार प्रियासन विभूषित

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असोज ३ , काठमाडौं । काठमाडौं नेपाल सरकारले संबिधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई विभूषित गर्ने निर्णय गरेको छ । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गर्न थालिएको हो ।

प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशकरसम्पादक हुनुहुन्छ । त्यस्तै उहाँ प्रेस संगठन प्रदेश ५ को संयोजक समेत रहनुभएको छ । नेपाल पत्रकार महासंघ दाङको दुई कार्याकाल सचिव र एक कार्यकाल सल्लाहकार रहेर काम गर्नुभएका प्रियासन छोटो समयमा पत्रकारितामा राष्ट्रिय रुपमै स्थापित पत्रकारको रुपमा चिनिनुहुन्छ । उहाँ उपन्यासकार समेत हुनुहुन्छ । प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक महोत्सवहरुमा प्रियासनका उपन्यासहरु अत्यधिकरुपमा बिक्री बितरण भइरहेका छन् ।

२०६२र०६३ को जनआन्दोलन अघि साहित्य क्षेत्रमा कलम चलाउने प्रियासन त्यसताकाबाट पत्रकारितामा पनि क्रियाशिन हुनुहुन्छ । उहाँ जनआन्दोलनमा समेत सक्रिय सहभागि हुनुहुन्थ्यो । प्रियासन विभिन्न दर्जनभन्दा बढी सामाजिक संघ सस्थाहरुमा आवद्ध हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस