• २०८३ भाद्र २१ गते आइतवार

नेकपा एमाले पार्टी दर्ता भयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) दर्ता भएको छ ।निर्वाचन आयोगले एमालेलाई दर्ता गरेको हो । आयोगको वुधबार बसेको बैठकले उक्त पार्टी दर्ता गर्ने निर्णय गरेको हो । मोरङकी सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई निर्वाचन आयोगले दर्ता गर्ने निर्णय गरेको हो ।

आयोगले राजपत्रमा प्रकाशित गरेपछि दलको प्रमाणपत्र केही दिनमा दिने जनाएको छ । नयाँ दर्ता भएको एमालेको चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ ।गत असार १२ गते तिवारीले एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस