भाद्र ०३, सिराहा । जुवा खेलिरहेको अवस्थामा मंगलबार राति सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट कौडा १६ थान, रु तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको रु चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका १२ जनाकै नाम प्रहरीले सार्वजानिक गरेको छैन । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।