भदौ ३, सुनसरी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मोरङको बूढीगंगा(२ की उनको उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।

उहाँका अनुसार मृतकको मुटुको रोगको उपचार हुँदै आएको थियो । अस्पतालका अनुसार ति महिलामा खोकी, श्वास फेर्न मा समस्या र ज्वरो आएको थियो । उनी विराट मेडिकलबाट रिफर भैइ थप उपचारको लागि प्रतिष्ठान आएकी थिइन् । मंगलबार बिहान २ बजे अस्पताल भर्ना भएकी उनको साँझ पौने पाँच बजे मृत्यु भएको हो । मृतकको शवको व्यवस्थापन प्रोटोकल अुनसार भइरहेको अस्पतालले जनाएको छ ।