असार ५, काठमाडौँ । आज नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको नयाँ पिँढीले देश विकास गर्ने बताउनुभएको छ । उहाँले आजको सरकार युवा, स्काउट, बालवालिकाहरुको साथमा रहेको उल्लेख गर्दै आफु जहिले पनि आम युवा, विद्यार्थी तथा नेपाली जनताको साथमा रहेको बताउनुभएको हो ।
बालबालिका तथा युवाहरुमा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भवनाको विकास गराई उनीहरुलाई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा बिसं २००९ ९सन् १९५२० मा स्काउट अभियानको सुरुवात भएको थियो । नेपालमा विभिन्न मानवीय सेवा मार्फत नेपाल स्काउटको उत्साहजनक सांगठनिक विस्तार भइरहेको छ ।

