जेठ ६, बाँके । बाँकेमा कोरोना भाइरसका कारण प्रभावितहरुको संख्या पनि बढिरहेको र १ जनाको मृत्यु समेत भएको अवस्थामा नागरिक समाजका अगुवाहरुले सम्युक्त नागरिक अपिल जारी गरेका छन । संक्रमितहरूलाइ १८ घण्टासम्म पनि आइसोलेसनमा राख्न्न नसकेको अवस्थाप्रति संवेदनशील रहदै कोभिड १९ का बिरामीहरूको उपचारमा कुनै पनि प्रकारका ढिलाइ नगर्न सरकारसग अनुरोध गरेका छन ।
हेर्नुहोस अपिल
कोरोना भाइरसबाट संक्रमित भएकाहरूको संख्या बाँकेमा निरन्तर बढोत्तरी भइरहेको छ । अहिले बाँकेमा ९३ संक्रमितहरू रहेका छन् । अहिलेसम्म एक जनाको मृत्यु भइसकेको छ । कोभिड १९ का कारण मृत्यु भएका प्रति हार्दिक समवेदना प्रकट गर्दछौं । प्रदेश ५ कोभिड १९ बाट सबैभन्दा प्रभावित प्रदेश बनेको छ ।
विपत्तीको यो घडिमा कोरोना इपिसेन्टर नरैनापुर लगायत सम्पूर्ण बाँकेबासीलाइ सतर्कताका साथमा सुरक्षित रहन आग्रह गर्दछौं । सामाजिक दुरी कायम गर्दै लक्डडाउनको पुर्ण पालनाका लागि निवेदन गर्दछौं । हामी विश्वास दिलाउन चाहन्छौं यो अप्ठेरो बेलामा हामी नरैनापुर लगायत बाँकेका प्रभावित जनताको साथमा छौं ।
नरैनापुरमा निर्माण गरिएको आइसोलेसन केन्द्रलाइविश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको बनाउन प्रदेश सरकारलाइ आग्रह गर्दछौं ।
नरैनापुरका संक्रमितहरूलाइ १८ घण्टासम्म पनि आइसोलेसनमा राख्न्न नसकेको अवस्थाप्रति संवेदनशील रहदै कोभिड १९ का बिरामीहरूको उपचारमा कुनै पनि प्रकारका ढिलाइ क्षम्य हुन सक्दैन । यसका लागि तदारूकताका साथ योजना निर्माण र कार्यान्वयनका लागि संघिय तथा प्रदेश नं ५ को सरकारलाइ अपिल गर्दछौं ।
एक हप्ता बितिसक्दा समेत डुडुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरूको स्वाब संकलन र परिक्षण नभएको घटनाप्रति ध्यानाकर्षण गराउँदै हामी तत्काल स्वाब संकलन र परिक्षणका लागि सम्बन्धित सरोकारवालाहरूलाइ जिम्मेवार हुन आग्रह गर्दछौं ।
जुनसुकै परिस्थितीमा नागरिकहरूको स्वास्थ्य समस्याप्रति सरकार संवेदनशिल रहनुपर्ने मान्यतामा अडिग रहदैं नरैनापुर, डुडुवा लगायत बाँकेमा रहेका सबै क्वारेन्टाइनहरूमा गर्मी तथा लु लाग्ने मौसमलाइ ख्याल गर्दैस्वस्थ खानपान सहित उचित व्यवस्थापनका लागि तिनै तहका सरकारहरूलाइ आग्रह गर्दछौं ।
कोरोना महामारी बिरूद्वको लडाइ केवल सरकारी संयन्त्र, प्राविधिकहरूको मात्र उत्तरदायित्व हैन भन्ने मान्यतामा विश्वास गर्दै प्रभावित नागरिकहरूको मानविय सेवामा समर्पित हुन समूदायलाइ परिचालन गर्ने अभियान संचालन गर्न ढिलो गर्न हुदैन ।
यसका लागि बाँके जिल्लामा समन्वय र नागरिक परिचालनका लागि सबै राजनीतिक दल, नागरिक समाजको प्रतिनिधित्व सहितको संयुक्त अभियान अविलम्व शुरू गर्न जिल्ला समन्वय समिती बाँकेलाइ नेतृत्वदायी भूमिका निर्वाहका लागि हार्दिक अनुरोध गर्दछौं ।
मिती २०७७ जेठ ५ गते
अपिलकर्ताहरु
कमला पन्त, अधिकारकर्मी
केशव कोइराला, माइति नेपाल
किरण ढकाल, नेपालगंज
ठाकुर सिंह थारु, पत्रकार महासंघ
डा। ओम मिश्र, नेपालगंज
दिनेश चौधरी, गैसस महासंघ
दिपक बोहोरा, अधिकारकमी
नमस्कार शाह, गैसस महासंघ
पदम पाण्डे, अधिवक्ता
पुनीत विक्रम शाह, अधिकारकमी
प्रकाश उपाध्याय, अधिकारकर्मी
प्रकाश शर्मा, बि ग्रुप
प्रल्हाद कार्की, अधिवक्ता
प्रभात सिंह ठकुरी, अधिकारकर्मी
बसन्त गौतम, अधिकारकर्मी
भोला महत, इन्सेक
मिन बहादुर मल्ल, नागरिक समाज
मैमुना सिद्धिकी, फातिमा फाउन्डेसन
रविन्द कर्ण, अधिकारकर्मी
रामनिवास यादव, अधिकारकर्मी
लोक बहादुर शाह, अधिवक्ता
विकास आचार्य, नेपाल बार, उच्च अदालत,
विनय दिक्षीत, पत्रकार
विश्वजीत तिवारी, आएचआरसी
सकिल खाँ, डुडुवा
सपना भट्ठराई, अधिकारकर्मी
सिद्धराज पनेरु, सिविन
सुनिल श्रेष्ठ, उपाध्यक्ष, नेपाल बार एसोसिएसन
सुनीता पोखरेल, माहुरी होम
सुरेन्द्र दिप कार्की अधिकारकमी
सुरेश गौतम, फियान नेपाल