जेठ ६, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित पोखरीमा डुबेर जलेश्वर–८ बस्ने विकाउ रामका छोरा १६ वर्षीय लटरु रामको मृत्यु भएको छ ।
तटरु रामको मानसिक सन्तुलन ठिक थिएन । उनको जलेश्वर–१ स्थित महादेव मन्दिर अगाडिको पोखरीमा आज डुबेर मृत्यु भएको हो । पोखरीमा नुहाउन गएका बेला बढी पानीमा पुग्दा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।