• २०८३ जेष्ठ २७ गते बुधवार

प्रहरी उपरीक्षक दान बहादुर कार्की ”उत्कृष्ट प्रहरी”बाट सम्मानित

पढ्न लाग्ने समय : २ मिनेट

माघ ५, कास्की । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय कास्कीको प्राङ्गणमा निर्माण हुन लागेको सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत व्यारेक भवन र हिरासत कक्षको एक समारोह बिच शिलान्यास गर्नु भयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी.द्धारा वडा प्रहरी कार्यालय बैदामको प्राङगणमा नियमित बजेट तथा स्थानीय सहयोगबाट भवन निर्माण गर्ने लक्ष्य अनुसार कार्यालय र ब्यारेक भवनको संयुक्त रुपमा शिलान्यास कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय प्रहरी साझेदारीका समितीहरु निर्माण तथा समुदाय र बिधालय केन्द्रित कार्यक्रमहरुको कार्यान्वयनमा लिएको अग्रसरता उदाहरणीय रहेकोले सो को कदर स्वरुप पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी. लाई प्रशंसा पत्र प्रदान गर्नु भयो । सोही अवसरमा असल कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न प्रोत्साहित गर्नको निमित्त कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको छनौट गरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीलाई ”उत्कृष्ट प्रहरी”को प्रमाण पत्र पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी र प्रहरी माहनिरीक्षक सर्वेन्द्र खनालले संयुक्त रुपमा प्रशंसा पत्र प्रदान गर्नु भयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट सो भवन निर्माण गर्नको लागि जग्गा उपलव्ध गराउन पहल एवं उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक बुद्दिसागर पुरी, प्र.स.नि. श्याम बहादुर थापालाई र CCTV जडान प्रकृयामा आवश्यक सहयोग गर्ने Sky Link Technology Pokhara का प्रो. राजेन्द्र तिवारी समेतलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस