• २०८३ बैशाख २१ गते सोमवार

गायिका आस्था राउतविरुद्ध मुद्दा दर्ता

पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । गायिका आस्था राउत विरुद्ध त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अभद्र व्यवहारमा काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता गराएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले प्रहरीलाई जथाभावी गालीगलौज गरेको आरोपमा राउतविरुद्ध पीडित भनिएकी महिलाले प्रहरीले अभद्र व्यवहार उजुरी दिएपछि मुद्दा दर्ता गरेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । पुर्जी जारी भएलगत्तै राउतलाई पक्राउ गरिने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस