मंसिर ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाक्नुभएके छ । सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।
आज नेकपा सचिवालय बैठक पनि दिउँसो १ बजे बस्दै छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक डाकेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएके हो । पछिल्लो समय नेकपा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच पार्टी सन्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो ।
यो पनि पढ्नुहोस
आज नेकपा सचिवालय बैठक
सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हिजो भेट्न शीतल निवासमा पुग्नु भएको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेको बाहिरिएको केही घण्टामै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो । नेकपा विवादको अवस्थामा दुबै अध्यक्षले राष्ट्रपतीलाई भेट्नुलाई अर्थपुर्ण तरिकामा हेरिएको छ ।