कार्तिक २, काठमाडौँ। थप २९ सय ४२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आजको १४ हजार ८ सय ७५ जनामा परिक्षण गर्दा २९ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४२ सय जना रहेको छ ।





