• २०८३ बैशाख ७ गते सोमवार

ब्राउन सुगरसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २, सप्तरी । लागूऔषध ब्राउन सुगरसहित दुईजना युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । स.७प १८६५ नम्बरको मोटरसाइकलमा सवार तिलाठी कोइलाडी गाउँपालिका वडानम्बर ७ बस्ने १९ वर्षीय निरज शर्मा र २७ वर्षीय भरत शर्मालाई अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ बकधुवास्थित भित्री सडक खण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, राजविराजले जनाएको छ ।


पक्राउ परेकाहरुको साथबाट १० ग्रामको दरले ५ वटा पोका बनाइएको अवस्थामा ५० ग्राम ब्राउन सुगर बरामद भएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस