कार्तिक २, कैलाली । गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ भने सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता रहेका छन् । एसएसपी मुकेश सिंहका अनुसार जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे र हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेका छन ।

असईको शव मोहना नदीमा फेला परेको छ । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
