कात्तिक २, विराटनगर । पूर्वमन्त्री डा.डम्बरनारायण यादवको ८५ वर्षको उमेरमा निधन भएको छ । विराटनगरमा उपचारको क्रममा उनको निधन भएको उनका छोरा मनोज यादवले बताए । ब्रेन हेम्ब्रेजका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताइएको छ ।

पञ्चायती व्यवस्थामा शिक्षा मन्त्री रही सकेका यादव प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए । उनको दाहसंस्कार आज सप्तरीमै हुँदैछ ।