कार्तिक २, प्युठान । जिल्लाको बाग्दुला-बाहाने सडक खण्ड उसै त अप्ठ्यारो र जोखिमपुर्ण छ। त्यही माथी पनि यात्रु कोचेर गाडी गुडिरहेका हुन्छन। कच्ची बाटो सांघुरो भएकाले पनि यहाँ जोखिम धेरै छ। बर्खामा हिलो र हिउंदको धुलोले यो सडकमा आउजाउ गर्नेहरुलाइ सास्ती छ।

यहाँ गुड्ने पिकअप जिपहरुले क्षमताभन्दा धेरै यात्रु बोकेर हुईक्न्छन। उनिहरु हुटमा समेत खचाखच यात्रु भर्छन। अनि महिलाहरु पनि छतमै बस्न बाध्य छ्न। अहिले कोरोना भाइरसका कारण बिश्वनै त्रसित बनिरहेको बेला गाडीले यसरी मान्छे कोचेर राख्दा झनै संक्रमण फैलिने होकि, भन्ने डरले मननै काफ्ने गरेको यात्रुहरुको भनाई छ। तर रोगको डरले आफ्नो भोक मेटाउन नमिल्ने भन्दै उनिहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको बताए। पहिलो पटक छतमा बसेर यात्रा गर्न बाध्य यात्रु केशरी घर्ती मगरले जिन्दगीमा पहिलो पटक हुटमा बसेर यात्रा गर्दाको अनुभव यसरी सुनाइन । ‘निकै गाह्रो हुँदो रैछ। यति साँघुरो बाटोमा त्यहिमाथी हुटमा बसेर यात्रा गर्दा बाचिन्न कि भन्ने पनि लाग्यो तर यात्रा पुराभयो।’ गाडीको भित्र खुट्टा राख्ने ठाउँपनि नभएको र आफुलाई पनि आबश्यक काम परेकाले यस्तो जोखिमपूर्ण यात्रा गर्नु परेको उनको भनाई छ। छतभरी कोचाकोच यात्रु हालेर गाडी हुईकिदा पनि प्युठानको ट्राफिक प्रहरी भने आँखा चिम्लेर बसिरहेको छ। यात्रुहरु प्रहरीले प्रभावकारी नियमन गर्न नसकेको गुनासो गर्छन।
छतमा डरैडरको यात्रा गर्नुपरेको यात्रुकोभनाई छ।बाग्दुला-मैरामारे सडक खण्डका पिकअप चालक सुरज बि.क ले बाध्यताले यात्रु छतमा राख्न बाध्य भएको बताए । ‘ यो हाम्रो रहर होइन। हामी सिमित यात्रु राख्न खोज्दापनी आफै हतारो गर्छन। हामीले सिट खाली छैन भन्दा पनि हुटमा बस्छौँ, ढोकामा झुन्डिएर जान्छौं भन्छन। हामीले कसरी सम्झाउने?” उनले भने।
गाडी चलाउदा कैयौंको जीवन जोडिएकाले आफु निकै संयम भएर गाडी चलाउने गरेको उनको भनाइ छ।