कार्तिक २, धरान । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस ९कोभिड १९० संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान ३ः०० बजे बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा इटहरी–१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् । उनी पहिलेदेखि नै दीर्घ रोगी थिए ।