कार्तिक २, काठमाडौँ । आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । बैंग्लोरको जितमा एबीडी भिलियर्सले उत्कृष्ट ब्याटिङ गरे । टिम धर्मराएको अवस्थामा ब्याटिङमा आएका भिलियर्सले २२ बलमा नटआउट ५५ रन बनाए ।

बैंग्लोरका लागि कप्तान विराट कोहलीले ४३ र देवदत्त पडिकलले ३५ रन बनाए । जितसँगै बैंग्लोर १२ अंकसहित तेस्रो स्थानमा कायमै छ । राजस्थान ६ अंकसहित सातौँ स्थानमा छ ।