• २०८३ मङ्सिर १ गते सोमवार

नेकपा उपाध्यक्ष गौतमद्वारा प्रत्यक्ष भेटघाट बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 असोज  २, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९ का कारण केही दिनलाई प्रत्यक्ष भेटघाट नगर्ने भएका छन् ।

 गौतमको सचिवालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बधाई तथा शुभकामना दिनुहुनेप्रति कृतज्ञता व्यक्त गर्दै गौतमले केही दिनलाई प्रत्यक्ष भेटघाट रोकेको जनाएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यहाँहरुले सामाजिक सन्जालमार्फत दिनुभएको बधाई शुभकामना स्वीकार गर्ने गरि हाल कोभिड–१९ को संक्रमणलाई ध्यान राख्दै सचिवालयमा केही दिनलाइ प्रत्यक्ष भेटघाट रोकेको बेहोरा जानकारी गराउँदछु ।

Sharing

प्रतिक्रिया दिनुहोस