• २०८३ जेष्ठ १६ गते शनिवार

मुख्यमन्त्री शाहीद्धारा रारा तालमा साईकिलिङ मार्गको शिलान्यास

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज २ , मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीद्धारा विहिवार विहान ८ बजे रारा तालको वरिपरी साईकिलिगं रोड निर्माणको शिल्यान्यास गरेका छन् ।

कर्णाली प्रदेशको आर्थिक वर्ष २०७५।०७६ र आर्थिक वर्ष २०७६। ०७७ मा सडक निर्माण कार्य सुरु गरे पनि काम हुन नसकेर दुई आर्थिक वर्षमा ६ करोड रकम फिर्ता गएपछि तेस्रो आर्थिक वर्षमा रकममा साईकिलिगं रोड सिलान्यास गरेका हुन् ।

साइकल लेन निर्माणको जिम्मा पाएको शङ्कर माली जेभी निर्माण कम्पनीले दुई करोड ८८ लाखमा उक्त रोडका मुख्यमन्त्री शाहीले सिलान्यास गरेका हुन् ।

योजना अनुसार चालु आर्थिक वर्षमा एक किलोमिटर लम्बाई र एक दशमलव ६ मिटर चौडाइसहितको ब्लक िनर्माण गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए । सरकारले तालको वरिपरी साढे चौध किलोमिटर रोड निर्माण गर्ने योजना अघि सारेको छ ।

सिलान्यास कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले यो वर्ष एक किलोमिटर बनाउने र आगामी आर्थिक वर्ष प्रेश सरकारकै बजेटले तालको वरिपरि साइकल लेन बनाइने जानकारी दिए ।

साइकल लेन बनाइएको खण्डमा आन्तरिक तथा बाह्य पर्यटनले यस क्षेत्रको आय स्तरमा वृद्धि हुने र त्यसले थप रोजगारी पाउने विश्वास प्रदेश सरकारले गरेको छ ।

सडक निर्माण गर्न ४२ करोड लगानी हुने बताइएको छ । साईकिलिगं रोडका लागि ३ करोडको ठेक्का प्रदानगरि काम सुरु भईसकेको छ । रारा ताल वरीपरी साईकल र घोडा बाट पर्यटकहरु घुम्ने गरि १४ किलोमिटर लम्बाई र ५ दशमलव ६ मिटर चौडाई हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस