• २०८३ असार १ गते सोमवार

चितवन र कैलालीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, चितवन/कैलाली ।  चितवनको भरतपुर महानगरपालीका–९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका– १६ उल्टापानीमा गएराती ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

चितवनमा दुर्घटना हुँदा मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–९ का ६२ वर्षीय प्राण जवारा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

बिरगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए ।

ट्याङकर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ ।

उता कैलालीको धनगढी उपमहानगरपालिका– १६ उल्टापानीमा गएराती ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरी रहेका छन् । धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर गएराती साढे ९ बजे अनियन्त्रित भइ नालामा पल्टिएको थियो । चालक चौधरीको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बेहडाबा कैलालीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस