• २०८२ साउन ४ गते शनिवार

धरानमा फेरी लकडाउन थपियो , अब भदौ १० गते सम्म लकडाउन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, सुनसरी । धरानमा फेरी लकडाउन थप गरिएको छ । धरानमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै गएपछी यस्को जोखिम नियन्त्रण गर्न को लागि भदौ १० गते सम्म लकडाउन गरिएको हो ।

गत श्रावण २२ गते देखी भएको लकडाउन अब भदौ ३ गते सम्मको लागि लम्व्याइएको लकडाउन भोली सकिदै गर्दा पुन आज बाट लकडाउन थपेर भदौ १० गते सम्म को लागि कायम गरिएको छ । धरान उपमहानगरपालिकाको आज बसेको कार्यपालिका बैठकले यस भन्दा अघिको लकडाउनको मोडालिटीमा थोरै परिवर्तन गरेर धरानमा कायम रहेको लकडाउनलाई भदौ १० गते सम्म जारी राख्ने निर्णय भएको कार्यपालिका बैठकमा सहभागी धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिनुभयो ।

साथै अत्यावश्यक खाद्यान्न, तरकारी र दुग्ध जन्य सामाग्रीका लागि सामाजिक दुरी कायम गरी बिहान ८ बजे सम्म खुल्ला गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस