• २०८३ असार १९ गते शुक्रवार

गजल ! “बाँच्न गारो भयो नलडि कन र ता लड्छौँ”

सुरेश कुमार पान्डे। पढ्न लाग्ने समय : १ मिनेट

बाँच्न गारो भयो नलडि कन र ता लड्छौँ,
दुश्मनको मुटुमा नगडि कन र ता लड्छौँ।

राज नीतिलाई पैसाकमाउँने सादन बनाए,
भद्रगोलझैँ भयो नअडि कन र ता लड्छौँ।

जनता लाई लिश्नो बनाएछ अवसरबाद ले,
सुखःपाईनौ सिर नचडि कन र ता लड्छौँ।

छिमेकी पनि छीमेकि रहेनन अचेल हाम्रा,
रहेन पाउँमा नेता नपडि कन र ता लड्छौँ।

जुन आयो दलाल बनेर आयो नेताहरु धेरै,
रहेनन कर्कलाझैँ नसडि कन र ता लड्छौँ।

नदि नाला ढुङ्गा मुडा गिट्टी बालु सबै बगाए,
दुखःकु-सँस्कारनै नझडि कन र ता लड्छौँ।

घोराही उप महानगर पालिका१८दाङ।
हाल- भारत।

Sharing

प्रतिक्रिया दिनुहोस